सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण
काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सुस्मित पोखरेलले बताएका छन् ।
‘आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रति क्वीन्टल रू. ३,८६० तोकिएको छ,’ मन्त्री पोखरेलले भने ।
सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय पनि भएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया