सरकारद्वारा प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ति गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ,’ शिक्षामन्त्री पोखरेलले बताए ।

प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी अर्बौंको भ्रष्टाचार घोटालामा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएपछि प्राधिकरणको महानिर्देशक पद रिक्त थियो ।

Published : Monday, 2026 May 25, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया