राजनीतिक परिवर्तन अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भयो : इन्द्र बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको राजनीतिक परिवर्तनले अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भएको बताएका छन् ।
सोमबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै बानियाँले भने, ‘तीन तहको सरकारको समन्वय, सहकार्य र सहअस्तित्वलाई अहिलेको संघीय सरकारले त्यतातर्फ बेवास्ता गरेको बागमती प्रदेश सरकारलाई महसुश भएको छ ।’
उनले भने, ‘हामीले संघीय सरकारसँग पाँच वटै मुख्यमन्त्रीहरूले भेटघाट गरेर कुरा राख्यौँ । प्रदेश सरकारका माननीयहरूको स्वकीय सचिवको हकमा प्रदेश सरकार र प्रदेश संसदले नियम बनाएर स्वकीय सचिव राख्ने प्रक्रिया भएको हो । एउटा परिपत्रले हाम्रो स्वकीय राख्ने व्यवस्था रोकियो भन्दा प्रधानमन्त्रीज्यूले यो अन्तरिम सरकारबाट भएको तत्काल हुनेछ भनेर त्यो हाम्रो भेटघाटमा भनेको कुरा संसदलाई जानकारी गराउन चाहन्छु ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया