बागमती सरकारद्वारा गणतन्त्र दिवस मनाउन समिति गठन, विभिन्न कार्यक्रम पनि गरिने

काठमाडौं । बागमती प्देश सरकारले गणतन्त्र दिवस, २०८३ मनाउनका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

सोमबार बसेको मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवस, २०८३ मनाउनका लागि मूल समारोह समिति बनाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

जेठ १५ गते मूल समारोहको कार्यक्रममा स्थानीय सांस्कृतिक तथा भेषभूषा झल्कने झाँकीको व्यवस्थापन र झाँकी समूहलाई कदरपत्रको व्यवस्था गर्ने तथा हेटौँटास्थित तीन तहका सरकारी कार्यालयहरूले तोकिएको पोशाकमा कर्मचारीहरू उपस्थित गराइनेछ ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद विकास परिषदसँगको समन्वयमा पाँच हजार मिटर खुला दौड प्रतियोगिताका पुरस्कार सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्रको व्यवस्थापन गरी मूल समारोहको कार्यक्रममा वितरण गरिनेछ ।

जेठ १३ गते गणतन्त्र स्थापनाको १८ वर्ष कार्यान्वयन र चुनौती विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्ने निर्णय भएको छ । निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई मूल समारोहको कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।

जेठ १४ गते सार्वजनिक रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चारन, जेठ १४ गते वृक्षारोपण लगायतका कार्यक्रम राखिएका छन् ।

जेठ १४, १५ र १६ गते आफ्नो वेबसाइटको होमपेजमा गणतन्त्र दिवस, २०८३ भव्य रुपले मनाऔँ सम्बन्धी पपअप आउने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

मूल समारोह कार्यक्रममा विभिन्न ४ विधामा उत्कृष्ट पत्रकारहरूलाई प्रतिविधा प्रतिपत्रकार नगद पचास हजार पुरस्कार तथा प्रशंसापत्र वितरण गर्ने व्यवस्था आन्तरिक तथा कानून मन्त्रालयले गर्नेछ ।

जेठ १४, १५ र १६ गते साँझ बागमती प्रदेशमा दीपावली गर्ने, प्रदेश राजधानीको बुद्ध चोक र बसपार्कमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

Published : Monday, 2026 May 25, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया