डीआईजी थपलियाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने पर्साका एसपी पाठकलाई सम्मान

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयले वैशाख महिनामा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ठ भएको जिल्ला प्रहरी कार्यालय, पर्सालाई प्रशंसापत्र प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन विवरण मूल्यांकनमा वैशाख महिनामा मधेश प्रदेशका जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय, पर्साको कार्यसम्पादन सर्वोत्कृष्ठ भएको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय, पर्साका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई प्रशंसापत्र सहित सम्मानित गरिएको प्रेस नोटमा उल्लेख छ ।

Published : Sunday, 2026 May 24, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया