आईजीपी कार्की लागुऔषधविरुद्दको महाअभियानमा सहभागी, विराटनगरमा विशेष कार्यक्रम
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधविरुद्दको महाअभियान २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ ।
आइतबार बिहान लागुऔषधविरुद्दको महाअभियानमा लागुऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागुऔषधविरुद्धको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरमा प्रभातफेरी गरिएको छ । महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालय,संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रम भएको छ । प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा लागुऔषधविरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटकसहित लागुऔषधविरुद्द सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै पूर्व लागुऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरिएको छ । लागुऔषधबिरुद्ध सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागुऔषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको बताए । उनले लागुऔषध नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामूहिक प्रयास आवश्यक रहेको बताए ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय, मोरङले जिल्लालाई लागुऔषधमुक्त जिल्ला बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले विराटनगरबाट सुरुवात गरेको महाअभियान लागुऔषधविरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताए । आईजीपी कार्कीले समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागुऔषधको जालोलाई तोड्न शुभारम्भ गरिएको अभियानले नेपाली समाजका उर्जावान युवाहरूलाई सक्रियताका साथ अभियानमा लागि परेको देख्न पाइने अपेक्षा राखेको बताए ।
क्षणिक रमाइलोका लागि लागुऔषधको कुलतमा फसेका युवाहरूलाई यस्ता प्रकारका अभियानहरूको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने आईजीपी कार्कीले बताएका छन् । उनले लागुऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताए । सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उनले बताएका छन् ।
कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागुऔषधबिरुद्ध सबैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया