शिक्षा क्षेत्र राष्ट्रको भविष्य हो : मुख्यमन्त्री बानियाँ
जावलाखेल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्र राष्ट्रको भविष्य भएको बताएका छन् ।
प्याब्सन जिल्ला कार्य समिति, ललितपुरद्वारा आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिए । उनले विद्यार्थीहरूको सफलता मेहनत, अनुशासन र अभिभावक तथा शिक्षकको सहयोगको परिणाम भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले शिक्षालाई जीवन परिवर्तनको आधारका रूपमा लिन आग्रह गरेका छन् । आगामी दिनमा अझ मेहनतका साथ अघि बढ्न विद्यार्थीहरूलाई उनले प्रेरणा दिएका छन् ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । शिक्षक, अभिभावक, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया