पूर्वगृहमन्त्री गुरुङले बिरामी सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी, बल नेपालका जवानहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
बिहीबार नेपाल एपीएफ अस्पताल, बलम्बु, काठमाडौं पुगेर गुरुङले बिरामी भएका जवानहरूका बारेमा जानकारी लिएका हुन् । पूर्वगृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले जानकारी गराएका छन् ।
अस्पताल पुगेर गुरुङ र पौडेलले बिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएको पूर्वगृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा भइसके तापनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति पूर्वगृहमन्त्री गुरुङको आत्मीयता र चासो उत्तिकै प्रगाढ देखिएको छ ।
नेपाली संस्कार र परम्परालाई आत्मसाथ गर्दै गुरुङले बिरामी प्रहरी जवानहरूलाई भेट्न फलफूल र पौष्टिक आहारसहित अस्पताल पुगेका थिए । पदमा रहँदा मात्र नभई पदबाहिर रहँदा पनि सुरक्षा संगठन र यसका जनशक्तिप्रति उनले देखाएको यो सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी र बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया