ठमेलबाट सात जना विदेशी नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रहरीले काठमाडौं महानगरपालिका– २६ ठमेल एरियाबाट सात जनालाई पक्राउ गरिएको हो । एसपी पवनकुमार भट्टराईका अनुसार बाटो हिड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने विदेशी नागरिकहरूलाई पक्राउ गरिएको छ ।

प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि नै अपशब्द प्रयोग गरी गालीगलौज गर्ने, धक्कामक्का गर्ने ७ जना विदेशी नागरिकहरूलाई प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।

Published : Friday, 2026 May 22, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया