आईजीपी कार्कीसँग एपीजीको टोलीद्वारा भेट, नेपाललाई ग्रे लिस्टबाट निकाल्नेबारे छलफल
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अफ मनी लान्ड्रिङ (एपीजी)का उपकार्यकारी सचिव डेभिड श्यानन तथा पोलिसी अफिसर कियाह ससलले भेट गरेका छन् ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपी कार्कीसँग डेभिड नेतृत्वको टोलीले भेट गरेको हो । भेटका क्रममा उनीहरूका बीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा छलफल भएको छ ।
प्रमुख कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा उनीहरुका बीच वृहत छलफल भएको छ ।
सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया