कथित विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बन्यो : पूर्णबहादुर खड्का
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपको कथित विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको बताए ।
नेता खड्काले भने, ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो । कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’
उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको चेतावनी पनि दिएका छन् । केही दिनअघि सभापति र उपसभापतिसँग भएको भेटको प्रसंग उल्लेख गर्दै खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताए । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न तर, पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुई जनाको हातमा छ मैले भनेको छु ।’
गगन थापा सिंगो कांग्रेसको नेता बन्न पनि उनले सुझाव दिएका छन् । ‘मैले पटक–पटकको भेटमा भनेको छु, पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुहोस् भनेर,’ खड्काले भने, ‘सानेपाको मात्रै सभापति देखिएर भएन । क्रियाशील सदस्यसहरूले पनि आफ्नो भएको महसुस गर्नु पर्यो ।’
कांग्रेस नेता खड्काले अदालतको निर्णयपछि आफूहरूले नेतृत्व स्वीकार गरेको बताए । उनले पार्टीभित्र फराकिलो एकता आवश्यक रहेको बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया