आईईसी डिजाइनर रनवे १५ मा १८ सेलिब्रेटीको प्रस्तुति
काठमाडौं । आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली लगायत नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा चर्चित १८ सेलिव्रिटीहरू एउटै स्टेजमा देखिने भएका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ एक भब्य समारोहका साथ आयोजना हुन लागेको ‘आईईसी डिजाइनर रनवे –१५’मा यी सेलिब्रेटीले आकर्षक पहिरन सहित र्याम्पवाक गर्ने भएका हुन् ।
आईईसी कलेजको आयोजनामा हुन लागेको यस भव्य फेसन शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न आकर्षक फेसन सिक्वेन्सहरू प्रदर्शन हुनेछ । जसका लागि ३० जना व्यवसायीक मोडलहरू र्याम्पमा प्रस्तुत हुनेछन् ।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरिरहेको छ । ‘आइससी डिजाइनर रनवे –१५’लाई अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्ने तयारी भैरहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नेपाली फेसन जगतलाई नयाँ उचाइँ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस ‘आईईसी डिजाइनर रनवे–१५ ले फेसन प्रेमीहरूको विशेष ध्यान तान्ने अपेक्षा गरिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
हिमान्चलराज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, स्वस्तिमा खड्का, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडेले पनि प्रस्तुति दिनेछन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया