स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गर्न संलग्न दुई जनालाई सीआईबीद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल सरकारको सम्पत्ति गैरकानूनी रुपमा लिलामी गराउने कार्यमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ५५ वर्षीया पलिना श्रेष्ठलाई काठमाडौंको जमलबाट वैशाख २५ गते शुक्रबार पक्राउ गरिएको छ । पलिना काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्यूरोड स्थायी ठेगाना भइ हाल ललितपुर महानगरपालिका वडा नं. ३ झम्सीखेलमा बस्दै आएकी थिइन् ।
सीआईबीले वर्ष ६२ का नरेन्द्र उलकलाई पनि वैशाख २५ गते शुक्रबार ललितपुरको बखुन्डोलबाट पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १२ स्थायी ठेगाना भएका नरेन्द्र हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ धापासीमा बस्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पलिना र नरेन्द्रले नेपाल दुरसञ्चार प्राधिकरण, जमल, काठमाडौंबाट ०७० वैशाख २ गते दुरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए । स्मार्ट टेलिकम प्रा.लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारण ०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
उनीहरूले नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ गैरकानूनी रुपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रही ठगी तथा आपराधिक विश्वासघात कसूरमा पक्राउ गरिएको एसएसपी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
यसअघि, सीआईबीले सोही प्रकरणमा केही व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया