कपिलवस्तुमा ट्रकमा राखिएका गोरुसहित दुई जना तस्करहरू गिरफ्तार
चन्द्रौटा । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले अवैध रुपमा गोरु ओसारपसार गर्ने दुई जना तस्करहरूसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ स्थितमा वडा प्रहरी कार्यालय, चन्द्रौटाबाट
खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच गर्दा ट्रकमा तस्करी गर्न लागेको गोरुसहित मानिसलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा शंकास्पद रहेकोले उक्त ट्रकमा लुकाई छिपाई अवैध रुपमा ल्याएको २० वटा गोरु, ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोरडको बुडीगंगा गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३५ का विजयकुमार महत्तो (ट्रक चालक) र सोही ट्रकमा सवार झापाको मेचीनगर नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ को खडगबहादुर दहालसमेतलाई नियन्त्रणमा लिई पशुपंक्षी सम्बन्धी कसूर मुद्धामा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जनाएका छन् ।
कपिलवस्तु जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको छ । नियन्त्रणमा रहेका २० वटा गोरुलाई शिवराज नगरपालिकाको बिजगौरीमा रहेको पशुसंरक्षण संस्था नेपालमा संरक्षणको लागि पठाइएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया