हतियारधारी लुटेराको प्रतिकार गरी लुटपाटको योजना असफल बनाउने सञ्जितालाई आइजीपी कार्कीद्वारा विशेष सम्मान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन् ।
काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए । उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास र उच्च नागरिक दायित्व प्रदर्शन गर्दै लुटेराको प्रयास असफल बनाएकी थिइन् ।
शाक्यको साहसिक कार्यको कदर गर्दै प्रहरी महानिरीक्षक कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले शाक्यले विषम परिस्थितिमा देखाएको अदम्य साहस, सतर्कता र जिम्मेवारीबोधको प्रशंसा गरे । कार्कीले सभ्य र सुरक्षित समाज निर्माण तथा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी र नागरिकबीचको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकसँगको सहकार्य र प्रविधिको प्रभावकारी प्रयोगलाई उच्च प्राथमिकतामा राखी काम गरिने बताए बताएका छन् ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया