प्रहरीको विशेष टोली खटिएर रोयल कलिङगा क्यासिनोमा छापा
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले संयुक्त रुपमा रोयल कलिङगा क्यासिनोमा छापामारेको छ ।
वैशाख २२ गते बुधबार राति ८ बजे संयुक्त प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा रहेको रोयल कलिङगा क्यासिनोमा छापामारेर १९ जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । चार जना जुवा खेलाउने र १५ जना नेपाली नागरिक जुवा खेल्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही जिल्लामा रहेका अधिकांश क्यासिनोहरूमा कानून विपरीत नेपाली नागरिकहरूलाई प्रवेश गराइ जुवा खेलाउने गरेको गुनासोहरू धेरै आएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाटै प्रहरीको विशेष टोली खटिएर रोयल कलिङगा क्यासिनोमा छापामारेको छ ।
क्यासिनोमा जुवा खेलाउने कार्यमा संलग्नहरू रुपन्देहीको सिद्धर्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डी बस्ने वर्ष २२ को अभयकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिका वडा नं.२ बस्ने वर्ष २६ को सुशान्त अधिकारी, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं.२ बस्ने वर्ष २९ को निक्षेद नेपाल र सिद्धार्थनगर नगरपालिका वडा नं.१३ बस्ने वर्ष २८ को संजय शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा क्यासिनोमा जुवा खेल्ने कार्यमा सलग्न काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १३ बस्ने बर्ष ५० का जीवन थापा, रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने बर्ष ३२ का अकाश गुप्ता, रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने बर्ष ३३ का सुनारी मगर, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४२ का नेत्र पोखेल, रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. ३ बस्ने बर्ष २९ का अब्दल कलाम जोलहा रहेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष ५८ का अभिषेक शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने बर्ष ४४ का शिव पाण्डे, ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने बर्ष ५० का बाबुराजा महर्जन, रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३४ का रोहन बि.क. भन्ने तिलबहादुर बि.क., पर्साको वीरगंज महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ४४ का जङ्गकुमार अग्रवाल पनि पक्राउ परेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २८ का निरज गुप्ता, रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २१ का सुरज जयसवाल, रुपन्देहीको मायादेवी गाँउपालिका वडा नं. ५ बस्ने बर्ष १८ का रमेश यादव, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३८ का निर्मल बस्याल र रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० का भरत थापालाई पनि प्रहरीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले नेपाली नगद रुपियाँ ९५ लाख ५ सय रुपियाँ पनि बरामद गरेको छ । प्रहरीले उनीहरूको साथबाट बिभिन्न कम्पनीका मोवाईल सेट थान १७, क्यासिनो क्वाईन थान ५० पनि बरामद भएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया