सांसदहरूको विद्युतीय हाजिरी हुने, बायामेट्रिकका लागि सूचना
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको विद्युतीय हाजिरी हुने भएको छ ।
बुधबार संघीय संसद सचिवालयले सूचना प्रकाशित गरेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सांसदहरूलाई आग्रह गरेको छ ।
सांसदहरूले विगतमा हाजिरी गरेर बैठकमा बस्दै नबसेर जाने गरेको भनेर आलोचना हुने गरेको थियो । अबदेखि सांसदहरूलाई बिगतको त्यो सुविधा हुने छैन ।
बिहीबारदेखि सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण संकलन गरिने संसद सचिवालयले जनाएको छ । सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न संसदीय समितिअनुसार समय र स्थान फरकफरक तय गरेको छ ।
बायोमेट्रिक विवरण संकलन गर्दा औपचारिक तस्बिरसमेत लिइने भएकोले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाई उपस्थित हुन सूचनामा भनिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया