कांग्रेसको प्रतिष्ठानले सात प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात प्रदेशमा “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला” गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको प्रतिष्ठानको बैठकले सात प्रदेशमा कार्यक्रम गर्न लागेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
कांग्रेस उपसभापति समेत रहेका प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार सुदूरपश्चिम प्रदेशमा २०८३ वैशाख २६ र २७ गते कैलालीको धनगढीमा भेलाको कार्यक्रम हुनेछ ।
कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसी, गण्डकी प्रदेश वैशाख ३१ र जेठ १ गते पोखरा, बागमती प्रदेशमा जेठ ४ र ५ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा कार्यक्रम हुनेछ ।
मधेश प्रदेशमा जेठ ६ र ७ गते महोत्तरीको बर्दिवास, कोशी प्रदेशमा जेठ ८ र ९ गते सुनसरीको लौकी र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमा भेलाको कार्यक्रम हुने प्रतिष्ठानका प्रमुख शर्माले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया