मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता पाण्डेले बराललाई प्रमुख सचेतक पदमा बढुवा गरिदिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता सुरेन्द्रराज पाण्डेलले प्रमुख सचेतकमा प्रकाश बराललाई मनोनयन गरेका छन् ।

मंगलबार पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । यसअघि बराल सचेतक थिए । प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि प्रमुख सचेतक पद रिक्त थियो ।

मुख्यमन्त्री एवम् संसदीय दलका नेता पाण्डेले बराललाई सचेतकबाट बढुवा गरेर प्रमुख सचेतकको जिम्मेबारी दिएपछि सचेतक पद रिक्त छ । प्रमुख सचेतक बनेका बराल कथित विशेष महाधिवेशन पक्षधर हुन् ।

Published : Tuesday, 2026 May 5, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया