चीनबाट नेपालतर्फ तस्करी भएको भेप धुन्चेमा बरामद
धुन्चे । जिल्ला प्रहरी कार्यालय, रसुवाले ४ सय ३६ थान भेपसहित ३४ वर्षीय रविन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।
वैशाख १८ गते टिमुरेबाट प्रहरीले ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बा गाडीलाई ४ सय ३६ थान भेपसहित नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेस्थित अस्थाई प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले चेकिङ्गका क्रममा ट्रक (कन्टेनर डिब्बा)लाई चेकजाँच गर्दा भेप फेला परेको प्रहरी निरीक्षक रमेश रायद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कन्टेनरको अगाडि क्याविनको भागमा लुकाई छिपाइएको अवस्थामा ईल्फबार पफ लेखिएको भेप फेला परेको थियो । बरामद भएको भेप, कन्टेनर डिब्बा ट्रक र पक्राउ परेका चालक रविन्द्र श्रेष्ठलाई भन्सार कार्यालय, टिमुरेमा बुझाइएको छ । पक्राउ परेका चालक श्रेष्ठ रसुवाको आमाछोदिङमा गाउँपालिका वडा नं. ५ निवासी हुन् । रसुवाको धुन्चे नाकाबाट चीनबाट नेपालतर्फ भेप, सुन लगायतका बस्तुहरू तस्करी हुँदै आएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया