बालेनले एक झट्कामा उडाइदिए सुशीला कार्कीका स्वकीय सचिवको अध्यक्ष पद गुम्यो
काठमाडौं । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शन श्रेष्ठको राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पद गुमेको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आफ्ना स्वकीय सचिवलाई आदर्शकुमार श्रेष्ठलाई जाँदाजाँदै कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन् । शक्तिको आडमा नियुक्ति पाएका श्रेष्ठले डेढ महिनाभन्दा बढी काम गर्न पाएनन् ।
झण्डै दुईतिहाइको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति पाएका १५ सयभन्दा बढीलाई पदमुक्त गर्दा श्रेष्ठ पनि परेका हुन् ।
प्रकृति संरक्षण कोषका अध्यक्ष र सदस्य सहित १५ जना पदमुक्त भएका छन् । सबैको पद गुमेको छ ।
तत्कालीन प्रधानमन्त्री कार्कीले आफैले गत चैतमा आफ्नै स्वकीय सचिव श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत गरेकी थिइन् । त्यस बेला कार्कीको सो निर्णयको आलोचना भएको थियो ।
तत्कालीन प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्ष पदमा मनोनीत गरेकी थिइन् । श्रेष्ठले पनि तत्कालीन प्रधानमन्त्री कार्कीको सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्त गरेको भनी विवादमा परेका थिए । विवादपछि श्रेष्ठलाई सचिवालयबाट हटाइएको थियो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सरकारकी प्रधानमन्त्री कार्कीले नै नातावाद, कृपावाद, आफन्तलाई पोस्ने काम गरेपछि विरोध भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया