अदालतबाट रामबहादुर बमजनले न्याय पाए
काठमाडौं । सर्लाही जिल्ला अदालतबाट रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसूरमा सफाइ पाएका छन् ।
न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो । अदालतको फैसलासँगै बमजनलाई ठूलो राहत मिलेको छ ।
बमजनविरूद्ध ८ करोड ५९ लाख रुपियाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसूरको मुद्दाको फैसला वैशाख ८ गतेको इजलासले गरेको थियो । अभियोग दाबी नपुग्ने फैसला गरेपछि उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ ।
बमजनलाई सम्पत्ति शुद्धीकरणको कसूरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बमजनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो ।
बमजनविरूद्ध बाल यौन दुरूपयोगको कसूर सर्वोच्च अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले २०८१ असार १७ गते १० वर्ष कैद र बालिकालाई ५ लाख रुपियाँ क्षतिपूर्ति फैसला सुनाएको थियो ।
फैसलालाई उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले २०८१ चैत ६ गते सफाइ दिएको थियो ।
त्यस फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको थियो । अहिले उक्त पुनरावेदन सर्वोच्चमा विचाराधीन छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया