‘तिमी मेरो म तिम्रो’ चलचित्र निर्माणको घोषणा, भुवन पनि खेल्ने

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् ।

चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् । शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरेर चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको छ ।

चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिएका छन् । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको लामिछानेले बताएका छन् ।

चलचित्रको मुख्य भूमिकामा अभिनेताहरू भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नव नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा म्युजिक युग भुसालको रहनेछ । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन् ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम के.सी. रहेका छन् ।

Published : Saturday, 2026 May 2, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया