परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूतद्वारा भेट, एमसीसी लगायतका विषयमा कुराकानी
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग अमेरिकाका विशेष दूत सर्जियो गोरले भेट गरेका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा खनलसँग अमेरिकी विशेष दूत गोरले शिष्टाचार भेट गरे एमसीसी लगायत नेपाललाई अमेरिकाबाट भइरहेको सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।
‘दुवै पक्षले व्यापार विस्तार र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत पहलहरू अग्रसर बनाउनेमा विशेष ध्यान दिँदै विभिन्न सम्भावनाशील क्षेत्रहरूमा द्विपक्षीय सहयोग गहिरो बनाउने विषयमा रचनात्मक र उत्पादक छलफल भएको छ,’ परराष्ट्रमन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।
झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट विशेष दूत काठमाडौं आएका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया