ब्यूरोको टोलीद्वारा बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले एमडीएमए सिन्थेटिक ड्रग जस्तो देखिने पदार्थ २०८ ग्राम २०० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार लागुऔषधसहित नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ ठेगाना भएका वर्ष ३३ का इस्तकार हुसैन र नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० ठेगाना भएका वर्ष ६१ का धनलाल चापागाईंलाई नियन्त्रणमा लिइएको छ ।
ब्यूरोको प्रहरी टोलीले उनीहरूलाई वैशाख १५ गते नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० बाट लागुऔषधसहित पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासीमा बुझाइएको छ ।
Published : Thursday, 2026 April 30, 3:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया