कांग्रेसद्वारा प्रतिनिधि सभातर्फ उपनेतामा शाहलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको उपनेतामा सांसद अभिषेकप्रताप शाह मनोनयन भएका छन् ।

बुधबार कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहलाई प्रतिनिधि सभातर्फ संसदीय दलको उपनेतामा मनोनयन गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सांसद शाहलाई उपनेतामा मनोनयन गरेका हुन् ।

प्रतिनिधि सभातर्फ मुख्य सचेतकमा सांसद बासना थापा तथा सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।

कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्त, धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेकप्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ ।’

Published : Wednesday, 2026 April 29, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया