दुईतिहाइको सरकारद्वारा थप ३ अध्यादेश सिफारिस गर्ने तयारी, राजनीतिक नियुक्तिहरू खारेज हुन सक्ने

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गर्न लागेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय, भूमि आयोग, सबै खाले समिति र सँस्थानका पदाधिकारीहरू खारेज गर्ने सम्बन्धी अध्यादेशहरू सिफारिस गर्न लागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप ३ वटा अध्यादेश जारी गर्नका लागि पठाउन लागेको एक कर्मचारीले बताए ।

सिफारिस हुन लागेका ३ वटा अध्यादेशले राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रावधान रहेको एक कर्मचारीले बताए । संवैधानिक नियुक्तिहरू खारेजी पनि रहेको हुन सक्ने बुझिएको छ ।

प्रधानमन्त्री बालेनले यसअघि संवैधानिक परिषद र सहकारी सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । राष्ट्रपति कार्यालयले ती दुबै अध्यादेशहरू होल्ड गरेर राखिदिएको छ ।

Published : Wednesday, 2026 April 29, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया