संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्ने बताएका छन् ।
हेटौँडामा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरूमा नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै बानियाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन नीति र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने बताए ।
मुख्यमन्त्री बानियाँले नेपालमा पनि संघीय संरचनामार्फत जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्ने बताए । नेपाली राजनीतिमा देखिएको बोली र व्यवहार बीचको खाडलले प्रभावकारी काम हुन नसकेको उनले बताए ।
मुख्यमन्त्री बानियाँका अनुसार अबका नीतिहरू द्विअर्थी लाग्ने खालको नभई स्पष्ट र नतिजामुखी हुनुपर्छ । संघीयतालाई संस्थागत गर्नका लागि संघीय सरकारले निजामती सेवा ऐन, प्रहरी ऐन, वन र भूमि सम्बन्धी कानूनहरू यथाशीघ्र निर्माण गरी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बानियाँले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया