कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउन पहल गर्नुपर्छ : नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सर्वोच्च अदालतको निर्णय आइसकेको र सबैले पालना गरिरहेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने दायित्व सभापतिको रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता खतिवडाले विशेष महाविधेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरलाई मिलाएर लैजानुपर्ने बताए । उनले सभापतिले सबैलाई मिलाएर लैजान पहल गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सर्वोच्च अदालतले एउटा निर्णय गरिसकेपछि सर्वोच्च अदालतको निर्णयलाई मान्छौँ । बृहत पार्टी एकता गरेर १५औँ महाधिवेशन कसरी एकताको महाधिवेशन गराउन सकिन्छ भनेर सम्पूर्ण साथीहरूलाई एकै ठाउँमा राखेर छलफल गर्ने कार्य प्रारम्भ भएको छ ।’

‘प्रदेश, जिल्ला, क्षेत्रीय सभापतिहरू, भ्रातृ संगठनका प्रमुखहरूले पार्टी एकताका लागि धारणा राख्नुभएको छ । हामी कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउन पहल गर्नुपर्छ । पहलको प्रारम्भ सभापतिले नै गर्नुपर्छ,’ नेता खतिवडाले भने ।

Published : Tuesday, 2026 April 28, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया