ब्यूरोको टोलीद्वारा बिराटनगरमा खैरो हेरोईनसहित २ जना पक्राउ
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले खैरो हेरोईन १ सय ९१ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका वडा नं. ९ पतञ्जलि रोडबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुई व्यक्तिविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वडा नं. १७ ठेगाना भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार राज्यको अररिया जिल्ला जोबनी थाना ६ साहपुर ठेगाना भएका ३० वर्षीय रोनी भन्ने मोहम्मद अब्दुल्ला रहेको ब्यूरोले जनाएको छ ।
Published : Tuesday, 2026 April 28, 9:55 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया