डीआईजी ६ र एसएसपी ७ पदमा बढुवाका लागि सिफारिस

काठमाडौं । बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक)लाई डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार समितिले ६ एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी रहेका छन् ।

दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधवप्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा राजेश उप्रेती र छैटौं नम्बरमा नेत्रबहादुर कार्की रहेका छन् ।

त्यसैगरी, समितिले सशस्त्र प्रहरी बल, नेपालका सात एसपी (उपरीक्षक) एसएसपी (बरिष्ठ उपरीक्षक) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपककुमार थापा, दोस्रो नम्बरमा सुधीर सुवेदी, तेस्रो नम्बरमा महेश केसी, चौथो नम्बरमा प्रकाशकुमार सुवेदी, पाँचौं नम्बरमा चित्राङ्गत दहाल, छैटौं नम्बरमा सुभाष भण्डारी र सातौं नम्बरमा प्रदीपसिंह कार्की रहेको समितिले जनाएको छ ।

Published : Saturday, 2026 April 25, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया