मुख्यमन्त्री बानियाँद्वारा कांग्रेसका क्षेत्रीय सभापति खनाललाई सल्लाहकारमा नियुक्त
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका नेता दामोदर खनाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
बिहीबार हेटौँडामा मुख्यमन्त्री बानियाँले खनाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको पत्र उपलब्ध गराएका छन् । बानियाँले खनाललाई कार्यकालको शुभकामना र बधाई दिएका छन् ।
प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका खनाल नेपाली कांग्रेस, मकवानपुर क्षेत्र नं. १ का सभापति हुन् । उनी बकैया गाउँपालिका पूर्व अध्यक्ष पनि रहेका थिए ।
Published : Thursday, 2026 April 23, 7:20 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया