नेपालकै ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष वर्ष ५९ का शेखर गोल्छालाई पक्राउ गरेको छ ।
बिहीबार सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छालाई पक्राउ गरिएको हो । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.८ बस्ने हुलासचन्द्र गोल्छाका छोरा हिमालयन रिइन्स्यो–रेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐ ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । बिहीबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई शेखर गोल्छालाई नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
गोल्छा अर्गनाइजेशन नेपालको ठूलो व्यापारिक घरानामा पर्छ । सयौँ व्यक्तिलाई रोजगारी दिनुका साथै नेपाल सरकारलाई उल्लेख्य रुपमा कर तिर्दै आएको गोल्छा अर्गनाइजेशन प्रतिष्ठित व्यापारिक घराना हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया