गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङलाई आईजीपी कार्कीद्वारा विदाइ
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विदाइ गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा आईजीपी कार्कीले गुरुङलाई मायाको चिनो प्रदान गरेका छन् । विदाइका क्रममा छोटो कार्यकालमा पनि गुरुङसँग काम गर्ने मौका पाएकोमा कार्कीले धन्यवाद दिएका छन् ।
बिचौलिया एवम् विवादित व्यवसायी दीपक भट्टसँग सेयर लगानीमा व्यावसायिक साझेदारी भेटिएपछि गुरुङ विवादमा तानिएका थिए । गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् । गुरुङ २६ दिन गृहमन्त्री पदमा रहेर काम गरेका थिए ।
Published : Wednesday, 2026 April 22, 6:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया