समस्याग्रस्त सहकारीको अध्यक्षमा प्यूठानका आचार्य, धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल (काठमाडौं) सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको प्रेस नोटमा उल्लेख छ ।

सरकारले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा प्यूठानका डिल्लीराज आचार्यलाई नियुक्ति गरेको छ । समितिको सदस्यद्वयमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको प्रेस नोटमा उल्लेख छ ।

Published : Tuesday, 2026 April 21, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया