सर्वोच्चको फैसला मानिदैन भनेको छैन, फैसलाका आधारका विषयहरू मान्न सकिदैन भनेको हुँ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतको फैसालालाई मान्दैन भनेर कुनै अभिव्यक्ति नदिएको बताएका छन् ।

शनिबार काठमाडौंको गल्फुटारमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भएको छलफलमा नेता निधिले आफूले सर्वोच्च अदालतको फैसला मान्दैन भनेर अभिव्यक्ति नदिएको बताएका हुन् ।

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘हामीबाट मात्रै होइन सबै पक्षबाट पार्टी कसरी अगाडि जान्छ ? कुनै एकपक्षलाई आधिकारिकता दिइसकेपछि त्यसमा होला विभिन्न त्रुटिहरू होलान्, त्यो त्रुटि जस्तै हाम्रो आदरणीय नेता विमलेन्द्र निधिले फैसला मान्दिन भन्नुभएको होइन रहेछ, मैले सोधें आज, त्यस्तो भनेकै होइन, फैसला कहाँ मानिदैन र ? मान्नुपर्छ तर, त्यो फैसलामा आधार मानिएन, थुप्रै विषयहरू छन् तिनलाई मान्न सकिदैन भन्नुभयो ।’

विश्वकर्माले भने, ‘जस्तै उदाहरण कै लागि पनि हेर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा तपाईले जाँचबुझ गर्नुभयो त ? भनेर सरकारी वकिललाई सोध्दा श्रीमान् जाँचबुझ त गरिएन भन्ने उत्तर आएको छ । तर, फैसलामा आउँदा जाँचबुझ गरि भन्ने फैसला आयो । त्यस्ता धेरै विषय विरोधाभाषपूर्ण विषय छन् । ती विषयहरूलाई मान्न सकिदैन तर, अदालतको आदेश, फैसलालाई असहमति हुन्छन्, सहमति हुँदैन किन भने मुद्दा भन्ने वित्तिकै दुई, तीन, बहुपक्षीय हुन्छ, सबै पक्षले मान्य हुने खालको फैसलाहरू बिरलै हुन्छन् । कुनै एकपक्षले त्यसलाई मान्दैन । हामी पनि एक पक्ष भएको हुनाले त्यसमा हाम्रा प्रयाप्त असहमतिहरू छन् ।’

Published : Saturday, 2026 April 18, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया