अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल भ्रमणमा आउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाईको बहुमतसहित वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गरेको केही दिनमै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपूर नेपाल भ्रमणमा आउन लागेका छन् ।

तीन दिनको नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री कपूर आउन लागेका छन् । वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपूरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ ।

भारतीय मूलका कपूर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किने छन् । यद्यपि यो भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालयले पनि औपचारिक जानकारी दिएको छैन ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएपश्चात अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाहुना हुन् ।

प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकारसँग संवादका लागि अमेरिकी सहायक विदेशमन्त्री कपूर अगामी सोमबार काठमाडौं आउन लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएपश्चात अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाहुना हुन् । कपूरले मन्त्रीहरूसँग भेटघाट गरी सहयोग, लगानी र रणनीतिक प्राथमिकताका विषयमा छलफल गर्ने छन् ।

सरकारी अधिकारीहरूका अनुसार अमेरिकी सहायक विदेशमन्त्री कपूरको भ्रमणलाई नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न र क्षेत्रीय साझेदारीलाई अगाडि बढाउन अमेरिकाको बलियो चासोको रुपमा बुझिएको छ ।

नेपालमा यसअघिका सरकार निर्माण हुँदा छिमेकी राष्ट्र भारत र चीनको निकै चासो हुने गर्दथ्यो । नेपालका नवनियुक्त प्रधानमन्त्रीहरूले छिमेकी राष्ट्र भारत र चीनलाई निकै कूटनीतिक महत्वका साथ हेरेको पाइन्थ्यो ।

प्रधानमन्त्रीमा सुशीला कार्कीदेखि शाहसम्म आइपुग्दा नेपालको नेपालको राजनीतिकमा अमेरिका हाबी हुन थालेको चर्चा शुरु हुन थालेको छ । अमेरिकनहरूले नेपालप्रति विशेष चासो देखाउन थालेको समाचारहरू आइरहेका छन् ।

Published : Saturday, 2026 April 18, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया