ब्राउन सुगरसहित झापामा दुई जना पक्राउ
दमक । जिल्ला प्रहरी कार्यालय, झापाले ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका–५ स्थितबाट ५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको थियो ।
झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उल मिया र भारतको बिहार, डिगलबैंकका २२ वर्षीय निसार आलमको साथमा रहेको झोला खान तलासी गर्दा ब्राउन सुगर बरामद भएको थियो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय, अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया