अख्तियारद्वारा रुपन्देहीमा मालपोतका नासुलाई ५ लाख ५० हजारसहित गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा (नासु) ओमबहादुर खाम्चा घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।
शुक्रबार अख्तियारको टोलीले नायब सुब्बा खाम्चालाई रू. २ लाख र स्रोत नखुलेको रकम रू. ३ लाख ५० हजारसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस, रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा ओमबहादुर खाम्चालाई सेवाग्राहीबाट रू. २ लाख घुस, रिसवत लिइसकेको अवस्थामा उक्त रकम तथा स्रोत नखुलेको रू. ३ लाख ५० हजार रुपियाँ तथा मोबाइल थान–१ सहित जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट आज मिति २०८३/०१/०४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया