थापाको शव बाँसघारीमा फेला, मादक पदार्थबाट मृत्यु भएको हुन सक्ने
जनकपुर । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित बाँसघारीमा ६० वर्षीय जगतबहदुर थापाको शव फेला परेको छ ।
मृत फेला परेका थापा धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ निवासी हुन् । थापाको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ । थापाको मृत्यु अत्यधिक मादक पदार्थ सेवनको कारणबाट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बुधबार साँझदेखि थापा बेपत्ता भएका थिए । बेपत्ता हुनुभन्दा अगाडि थापाले मादक पदार्थ सेवान गरेको मृतकका छोरा अमित थापाले स्थानीय पत्रकारहरूलाई बताएका छन् ।
थापाको शव फेला परेको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगर, धनुषाका प्रहरी निरीक्षक राजाराम यादवले बताएका छन् ।
Published : Friday, 2026 April 17, 1:48 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया