सर्वोच्च अदालतका तत्कालीन शाखा अधिकृतलाई ६ महिना कैद
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका तत्कालीन शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैद सजाय तोकिएको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेखेका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैद सजाय तोकिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई ६ महिना कैद सजाय तोकेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले तत्कालीन शाखा अधिकृत विष्टलाई १० हजार रुपियाँ जरिवाना पनि तोकिएको बताएका छन् । भुषालकै इजलासले चैत २२ गते विष्टलाई दोषी ठहर गरेको हो ।
सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए । अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक चौधरीलाई पक्राउ गरेको थियो । पक्राउ परेको केहीबेरमै उक्त पत्र अनधिकृत रहेको खुलेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया