प्रधानमन्त्रीज्यू चस्मा नै खोल्नुहुन्न भन्ने हल्ला थियो, चस्मा खोलेर कुरा गर्नुभयो : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाहिर हल्ला गरिएजस्तो नभई अत्यन्तै सहज र सौहार्दपूर्ण रहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बानियाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारको प्रशंसा गरेका हुन् ।
‘बाहिर जसरी उहाँले चस्मा नै खोल्नुहुन्न भन्ने हल्ला थियो, उहाँले एकदम चस्मा खोलेर आरामसँग कुरा गर्नुभयो,’ बानियाँले भने, ‘जे सुनिएको थियो त्यो देखिएन, जे देखियो एकदम सौहार्दपूर्ण वातावरणमा कुरा भयो ।’
तीन तहका सरकारबीचको समन्वय, प्रदेशका आर्थिक चुनौती र जनजीविकाका सवालमा प्रधानमन्त्री शाहसँग छलफल भएको मुख्यमन्त्री बानियाँले बताएका छन् ।
पूर्वाधार विकासतर्फ कान्ति लोकपथ, कुलेखानी ड्याम र दक्षिणकाली–सिस्नेरी सडक खण्डको स्तरोन्नतिका विषयमा पनि छलफल भएको मुख्यमन्त्री बानियाँले बताएका छन् ।
वीपी राजमार्ग बन्द हुँदा ‘लाइफलाइन’ बन्ने मधेस र कोसी प्रदेश जोड्ने उक्त छोटो सडकलाई बर्खाअघि नै व्यवस्थित गर्न प्रधानमन्त्री शाहले विशेष चासो राखेको बानियाँले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया