सहकार्य, सद्भाव र आपसी विश्वासको बलमा समुन्नत समाज निर्माण गर्न सक्छौं : मन्त्री राणा

मसुरिया । लम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार शुभकामना सन्देश जारी गरेर मन्त्री राणाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ सालको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

‘नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र नभई, विगतका अनुभवबाट शिक्षा लिँदै उज्ज्वल भविष्य निर्माण गर्ने संकल्पको नयाँ अध्याय हो,’ उनले भने ।

‘हामी सबैले सहकार्य, सद्भाव र आपसी विश्वासको बलमा समुन्नत समाज निर्माण गर्न सक्नेछौं भन्ने दृढ विश्वास लिएको छु,’ मन्त्री राणाले भने ।

‘शहरी विकास तथा खानेपानीमन्त्रीको हैसियतले, सुरक्षित, व्यवस्थित र आधुनिक शहर निर्माण, स्वच्छ खानेपानीको सहज पहुँच, दिगो पूर्वाधार विकास तथा वातावरणमैत्री योजनाहरूलाई प्राथमिकतामा राख्दै जनताको जीवनस्तर उकास्न प्रतिबद्ध छु,’ उनले भने ।

‘हाम्रो प्रयास केवल भौतिक विकासमा सीमित नभई समग्र सामाजिक रूपान्तरणतर्फ केन्द्रित रहनेछ,’ उनले भनेका छन् ।

‘देश बाहिर रहनु भएका नेपालीहरूको योगदान, लगानी, सीप र अनुभवले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ,’ मन्त्री राणाले भने ।

‘तपाईंहरूको माया, साथ र सहयोगले नै हाम्रो देश अझ बलियो, समृद्ध र आत्मनिर्भर बन्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

‘नयाँ वर्षको पावन अवसरमा, नयाँ ऊर्जा, नयाँ उत्साह र सकारात्मक सोंचका साथ अघि बढ्दै समृद्ध लुम्बिनी प्रदेश र समुन्नत नेपाल निर्माणमा सबैको सक्रिय सहभागिता रहोस् भन्ने कामना गर्दछु,’ मन्त्री राणाले भने ।

‘नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा स्वास्थ्य, सफलता, खुशीयाली र उज्ज्वल भविष्य ल्याओस्,’ मन्त्री राणाले भनेका छन् ।

Published : Tuesday, 2026 April 14, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया