अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ । महासंघको अध्यक्षमा तुल्सीराम भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा वीरमञ्जन बटाला, प्रशासन उपाध्यक्षमा ज्ञानबहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कलमबहादुर बम, उद्योग÷मेला महोत्सव उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता पन्त पौडेल तथा ५ उपाध्यक्षहरूमा मोदनाथ बेल्बासे, धनदेवी चोखाल, जनकबहादुर सिंह, खिलकुमार सुवेदी र शैलेस कार्की निर्विरोध भएका छन् ।
महासचिवमा राजेश मलहोत्रा, उपमहासचिवमा मित्रप्रसाद ढकाल, पर्यटन सचिवमा भरतकुमार भट्टराई, प्रशासन सचिवमा रमेशकुमार बराल, मेला महोत्सव सचिवमा सन्तोषकुमार थापा क्षेत्री तथा ६ सचिवहरूमा लालबहादुर केसी, नेत्रलाल वली, भिविन्द्रप्रसाद न्यौपाने, रचेन्द्रसिंह थापा, उमा ग्रान्डन, र निलेशराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यामा कुष्णकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा मोहनसिंह ठाकुर, हरिशरण पाण्डे, जुद्धबहादुर कुँवर, अतुलकुमार गुप्ता, शंकरलाल श्रेष्ठ, रामशरण नेपाल, लेखनाथ भण्डारी, लक्ष्मणबहादुर धामी, रामप्रसाद पोखरेल, रामचन्द्र महत, शिवप्रसाद पोखरेल, केशवदत्त पाण्डे, ऋषिकुमार चौलागाईं, दीपक पोखरेल, हरिगोपाल सापकोटा, टीकाराज आरण, विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यमा रामशरण गजुरेल, इन्द्रबहादुर बस्नेत, धनबहादुर बटाला, शैलेन्द्रविक्रम थापा, सूर्यबहादुर थापा, धलुराम पोखरेल, प्रजापती जोशी (प्रकाश), रोहितकुमार सिंह, गुणराज खनाल, सन्दीपकुमार बस्नेत, टीकाराम श्रेष्ठ, प्रदीपकुमार शाह, सुरेशकुमार शाह, मायाँ चौधरी, बसन्ता भण्डारी, डम्बरकुमारी श्रेष्ठ, मोतीलाल ओली, निषादविक्रम बम, जयप्रसाद उपाध्याय पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

विष्णप्रसाद पोखरेल, हेमराज भट्टराई, सरन गुरुङ, राधिका लम्साल, इन्दिरा श्रेष्ठ, रेनुका याक्सो लिम्बु, शुरेस पाण्डेल, बालकृष्ण निउरे, कमलप्रसाद न्यौपाने, कल्पना पराजुली, तिलकप्रसाद चापागाईं पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

लेखा समितिमा रवि लामा, ईश्वरकुमार बुढा मगर, तपेन्द्रबहादुर शाही, रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
चैत २७ र २९ गते पोखरामा महासंघको ५औँ महाधिवेशन भएको थियो । महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेका थिए ।

महासंघले होटल व्यवसायीलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा स्थपित गर्न होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्राथमिक उद्योग घोषणा गर्न पहल गरिने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताएका छन् । उनले सुरक्षित र मर्यादित व्यवसाय, बीमा तथा विपद् व्यवस्थापन प्रणाली विकास गरिने पनि बताएका छन् ।

‘होटल व्यवसायी महासंघ नेपाल राज्यका तीनै तहका सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखी स्पष्ट कार्ययोजना, व्यवसायी मैत्री कर प्रणाली तथा सरल र सहज नीति कार्यान्वयन गर्न जोडदार अपील गर्दछ,’ अध्यक्ष भण्डारीले भने ।

Published : Sunday, 2026 April 12, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया