विमानस्थलबाट पिछा गरेर होटलबाट लागुऔषधिसहित २ भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगरानी गरि होटलबाट नियन्त्रणमा लिएको छ ।

ब्यूरोको टोलीले शनिबार बैंककबाट दुबई हुँदै काठमाडौं आएका भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र ३१ वर्षीय मोहम्मद राहिल मोहम्मद ताहिर गङ्गुलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका दुबै जनालाई ब्यूरोे काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि अनुमति लिएको छ । उनीहरूको साथबाट ब्यूरोको टोलीले दुई वटा झोलाभित्र राखिएको अवस्थामा ७ किलो गाजा बरामद गरेको छ ।

Published : Sunday, 2026 April 12, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया