इलाका प्रहरी कार्यालय सिम्रौनगढका कारण तस्कर र व्यापारीहरू मोटाए
वीरगञ्ज । इलाका प्रहरी कार्यालय, सिम्रौनगढ, बाराका प्रहरी निरीक्षक किसुन्देव साह (केडी)ले जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न नसकेको भनेर स्थानीयले गुनासो गरेका छन् ।
ईन्स्पेक्टर साहले घरेलु मदिरा भठी, मदिरा बिक्री बितरण गर्न व्यक्तिहरूलाई संरक्षण गरेको आरोप छ । उनले पथालवा घाट, पिपरपाती, बैरिया, बेलदारी, खज्जानी र कोचोर्वा चौकीका ईञ्चार्जहरूलाई कार्यसम्पादनमा भन्दा पनि अन्य गतिविधिहरूमा निकै दुःख दिएको आरोप छ ।
ईन्स्पेक्टर साहको संरक्षणमा सिम्रौनगढ नाकाबाट भोला र दीपक ग्रुपले ५/७ वटा मोटरसाइकलमा कपडा, चाईनिज स्याउ, संदीप ग्रुपले तयारी कुखुरा र लत्ताकपडाको १०/१२ वटा मोटरसाइकलबाट तस्करी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
अमरपुर नाकाबाट दीपक समूहको कपडा, बैरिया नाकाबाट धानको बीउ र मलको तस्करी प्रमोद, राजु, उपेन्द्र र राजुको समूहले गर्दै आएका छन् ।
कवलपुरघाटबाट राजकुमार र अखलेशको ट्याकटरबाट धानको तस्करी हुँदै आएको स्थानीयले बताएका छन् । बारा जिल्लाबाट लागुऔषधिका राजस्व छलीका गतिविधि हुँदै आएका समाचार पटक पटक प्रकाशित भइसकेका छन् । तैपनि ती समाचारहरू आउन छाडेका छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया