राप्रपामा महाधिवेशन र अध्यक्ष लिङ्देनको राजीनामा माग
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नेतृत्वको विषयमा विवाद देखिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा माग भएको छ ।
राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा भोगेको हारको समीक्षा नेतृत्वले नगरेको भन्दै महामन्त्री धवलशम्शेर राणासहितका ११ जनाले पार्टी महाधिवेशनको आह्वान गरेका छन् । उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको विकल्प खोज्नुपर्ने माग गरेका छन् ।
महामन्त्री राणासहितका नेताहरूले विभिन्न तीन बुँदे माग गरेका छन् । उनीहरूले एकहप्ताभित्र महाभिवेशनको मिति तय गर्नुपर्ने जनाएका छन् ।
सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने तथा व्यापक सुधारको उद्देश्य लिएर एकता महाधिवेशनपछि राप्रपाको आदर्श विधान र अनुशासन विपरित भएका काम कारबाही न्यायसंगत छानबिन गरी आऊामी महाधिवेशनमा निष्कर्ष पेश गर्न छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया