प्रधानमन्त्रीसँग कांग्रेस सांसद थकालीले राखेको लिखित मागपछि निषेधित क्षेत्रमा हेलिकप्टर उडानमा सहजीकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीको निरन्तरको प्रयासपछि सरकारले निषेधित क्षेत्रमा हुने उद्धार उडानमा विद्यमान प्रक्रियागत झञ्झट हटाएको छ ।

गृह मन्त्रालयले नेपाल नगरिक उड्डयन प्राधिकरण र मुस्ताङसहिता १३ जिल्लालाई बोधार्थ गरेर पठाएको पत्रअनुसार अब निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्यप्रक्रिया २०७५ को बुँदा ५ बमोजिम उद्धार कार्य गरी गृह मन्त्रालयलाई जानकारी गराए पुग्नेछ ।

निषेधित क्षेत्रमा हेलिकप्टरबाट उडान गर्दा पूरा गर्नुपर्ने लामो कागजी प्रक्रियाका कारण कतिपय स्वदेशी नागरिक र बिरामी पर्यटकको समयमा उद्धार हुन सकेको थिएन । सो विषयमा मुस्ताङका सांसद थकालीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग गण्डकी प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा मौखिक र लिखित सुझाव नै राखेका थिए । प्रधानमन्त्री शाहले सांसद थकालीको मागअनुसार सहजीकरण गर्न मातहतलाई निर्देशन दिएका थिए ।

Published : Friday, 2026 April 10, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया