एआईजी केसीद्वारा समाचारको खण्डन
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा.मनोज केसीले रिपब्लिका दैनिक डटकममा मिति २०८२ चैत २२ गते प्रकाशित ‘गृहमन्त्री एक्सनमा रहेका बेला सीआईबीमा सिन्डकेट, एआईजीको ध्यान आर्थिक मुद्दामा मात्रै केन्द्रित’ शीर्षकमा प्रकाशित समाचार सामग्रीप्रति सीआईबी परिवार र आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार मेलबाट प्राप्त खण्डनमा भनिएको छ, ‘मैले नेपाल प्रहरीको यस केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखको रुपमा जिम्मेवारी सम्हाले पश्चात कुनैपनि प्रकृतिका यस ब्यूरोले अनुसन्धान गर्नुपर्ने वा मातहत ब्यूरो र कार्यालयहरूलाई अनुसन्धानमा सहयोग गर्नुपर्ने बिषयमा सदैव संवेदनशील भई, समान महत्वका साथ कुनैपनि आग्रह, पूर्वाग्रह नराखी उपलब्ध जनशक्तिको कार्यक्षमताको आधारमा परिचालन र जिम्मेवारी बाँडफाँड गर्दै अनुसन्धानलाई र समग्रमा सीआईबीको कार्यसम्पादनलाई विशिष्ट र नतिजामुखी बनाउन अनवरत रुपमा लागिपरेको हुँ । विगत २८ वर्षदेखि अनवरत रुपमा पेशागत निष्ठा, ईमानदारिता, व्यवसायिकता, पारदर्शिता, शुन्य सहनशीलता र जवाफदेही ढंगबाट राज्यले दिएको जुनसुकै जिम्मेवारी पनि निर्भिकता साथ साहसिक रुपमा सांगठनिक मूल्य, मान्यता, अनुशासन र ऐन नियमको परिपालना गर्दै आइरहेको प्रहरी
अधिकृत हुँ ।’
केसीले भने, ‘माथि उल्लिखित सञ्चारमाध्यममा प्रकाशित सामग्री÷समाचारमा मेरो समेत फाटो राखी ‘गृहमन्त्री एक्सनमा रहेका बेला सीआईबीमा सिन्डिकेट, एआईजीको ध्याउन्न आर्थिक मुद्दामा मात्रै केन्द्रित’ भन्ने शीर्षकको समाचार उल्लेख गरी मनगणन्ते तथाकिथत, झुठ्ठा, भ्रमपूर्ण सूचना सम्प्रेषण गरी आम नागरिक तथा मैले नेतृत्व गरिरहेको कार्यालयबाट सम्पादन भइरहेका संवेदनशील अनुसन्धानका कार्यहरूलाई अवमूल्यन गर्ने, प्रभावत पार्ने, तोडमोड गर्ने खराब उद्देश्य उन्मुख रहेको स्पष्ट रहेको छ ।’
खण्डनमा भनिएको छ, ‘मेरो नेतृत्वमा रहेको फौजदारी कसूरहरूको अनुसन्धान गर्ने नेपाल प्रहरी जस्तो गरिमामय संगठनको सर्वोच्च निकायबाट सम्पादित महत्वपूर्ण कार्य एवं गतिविधिहरूलाई अवमूल्यन गरी जथाभावी, मनोमानी ढंगबाट, मेरो र यस ब्यूरोको कुनै पनि अनुमति नलिई, विशुद्ध म र संस्थाप्रति लक्षित गरी गराई समाचार प्रकाशन गर्नु यस ब्यूरोमाथीको प्रहार भएको, सरासर बदिनयतपूर्ण, कुत्सित र गलत मनसाय प्रेरित रहेको मेरो ठम्याई छ ।’
‘सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गरी आम नागरिकहरुमा सूचनाको हक सम्बन्धि संवैधानिक व्यवस्था उपभोग गर्न पाउने अधिकारको रक्षार्थ आफनो पेशागत दायित्व र जिम्मेवारी प्रचलित ऐन, कानुनको अक्षरंश पालना गर्दै निष्पक्ष, ईमान्दारी एवं जवाफदेहीपूर्ण ढंगबाट पूरा गर्नुपर्ने संचार माध्यम जस्तो संवेदनशील संस्थाले, पर्याप्त अध्ययन एवं खोजबिना नै हावादारी रुपमा मनोमानी कथा बुनेर तथ्यहीन, मनगणन्ते, झुट्ठा, भ्रमपूर्ण र गलत समाचार प्रकाशित गर्नु, अहिलेको वर्तमान पारदर्शी विश्वमा सत्यतथ्यमा आधारित खोजमुलक पत्रकारिताको धर्म र मर्ममाथीको गम्भीर प्रश्न, संकट साथै आम संचार जगतकै लज्जाबोधको कुरा समेत भएको मेरो बुझाई छ,’ एआईजी केसीले भने ।
‘उक्त समाचार विशुद्ध कसैबाट प्रायोजित रुपमा लेखि, लेखाएको साथै सो तथ्यहीन समाचार प्रकाशित गर्ने सम्बन्धित पक्षलाई तत्काल भरपर्दो विश्वसनीय सबुद् प्रमाण पेश गरी आफ्नो लेखाईको दाबी पुष्टि गर्न समेत चुनौती दिन्छु,’ खण्डनमा केसीले भने, ‘अतः यस्तो आधारहीन, कपोकल्पित झुट्ठा कथित समाचार तत्काल पेजबाट हटाई प्रत्यक्ष रुपमा क्षमा याचना गर्न आएमा माफी दिन सकिने व्यहोरा समेत अनुरोध गर्दछुँ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया