दुई काम सकेर शुक्रबारदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य हुने
काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य हुनेछ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिवेशन अन्त्य गरेका हुन् । त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।
शुक्रबार नै प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ । उपसभामुख चयन गर्नुका साथै राष्ट्रपतिले दुबै सदनलाई सम्बोधन गरेपछि सदन अन्त्य हुनेछ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२÷१२÷२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।
निर्वाचनपछिको संघीय संसदको पहिलो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने व्यवस्था छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया